सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सोमबारदेखि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो। सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ।

वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार रिट निवेदक दिनेश त्रिपाठी, रिट निवेदकका तर्फबाट सुनील पोखरेल, अनन्तराज लुइँटेल, राजु चापागाईं र बाबुराम गिरीले बहस गरेका थिए। 

सभामुखको हैसियतमा सापकोटालाई काम नगर्न/नगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन। आइतबार पहिलो पेशी तोकिएको उक्त मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा परेको थियो। तर फुयालले हेर्न नमिल्ने भई स्थगित भएको मुद्दा सोमबार न्यायाधीश मल्लको इजलासमा सुनुवाई सुरु भएको थियो।

नवनिर्वाचित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ।

प्रकाशित मिति: : 2020-01-28 21:38:22

प्रतिकृया दिनुहोस्