राजदूत हाउ यान्छीले दिइन् नव–नियुक्त सभामुख सापकोटालाई शुभकामना

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लागि चीनियाँ राजदूत हाउ यान्छीले नव–नियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्। 

सोमबार दिउँसो सिंहदरबार पुगेर राजदूत यान्छीले सभामुख सापकोटासँग भेट गर्दै शुभकामना दिएका हु्न्। 

सोमबार मात्रै सभामुखको सथपग्रहण गर्नुभएका सापकोटालाई भेट्न सिंहदरबार पुगेका राजदूत यान्छीले सापकोटासँग करिब आधा घण्टा कुराकानी गरेका थिए। 

नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालमा रहेका कुटनीतिक नियोगको पहिलो व्यक्ति हुन्। 
 

प्रकाशित मिति: : 2020-01-28 06:02:14

प्रतिकृया दिनुहोस्