सामाजिक न्यायका पक्षमा लड्न आवश्यक : अध्यक्ष प्रचण्ड 

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको बताएका छन्।

सोमबार राजधानीमा नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको बताएका हुन्।

सबै खालको विभेद अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने उनको भनाई छ।

साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्न आवश्यक रहेको बताउदैं उनले भने, 'बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्छ।'

त्यस्तै अध्यक्ष प्रचण्डले बुधबारदेखि पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफु रहेको बताए। 'कामको व्यस्तताले धरै काम सकिएको छैन्' उनले भने। पार्टीको केन्द्रीय कमिटी बैठक यही माघ १५ देखि २० गतेसम्म बोलाइएको छ।

 

प्रकाशित मिति: : 2020-01-28 05:36:40

प्रतिकृया दिनुहोस्