खानीजन्य पदार्थको अनुगमन गर्न गृह मन्त्रालयले गर्‍याे ५ सदस्यी टाेली गठन

बिएल संवाददाता

काठमाडाै‌ं

नदी तथा खानीजन्य पदार्थको उत्खनन र प्रयोगका सम्बन्धमा दर्ता भए/नभएको सुनिश्चितता गर्न गृह मन्त्रालयले सह–सचिवको संयोजकत्वमा समिति गठन गर्ने भएको छ। 

पछिल्लो समय प्राकृतिक स्रोतको दोहनका घटना बढेपछि सोमबार गृहमन्त्रालयमा बसेको बैठकले सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको हो। टोलीमा सहसचिव गृह मन्त्रालयका,सदस्य सहसचिव,  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सदस्य सहसचिव, वन तथा वातावरण  मन्त्रालय, सदस्य सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सहसचिव, भौतिक पूर्वाधार तथा यातायातका सदस्य रहनेछन्।   

टोलीले  दर्ता भए/नभएको,मापदण्ड पुगे/नपुगेको र पर्यावरण अनुकुल भए/नभएको लगायतको यकिन गरी विस्तृत विवरणसहितको प्रतिवेदन दिनेछ। यट्ठतै हाललाई अन्तर मन्त्रालय समन्वय गरी कानून बमोजिम कार्यान्वयन गर्न टाैलीले सुझाव दिनेछ।   

यस्तै बैठकमो खानी तथा नदीजन्य पदार्थ माटो, ढुंगा गिटी वालुवाको उत्खनन र  प्रयोगलाई व्यवस्थित गर्न मापदण्ड तयार पारिएको ‘राष्ट्रिय मापदण्ड’ मन्त्री परिषदबाट छिटो पारित गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2020-01-28 05:35:49

प्रतिकृया दिनुहोस्