बिएल संवाददाता
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको बताएका छन्। बहसमा रहेको मिलेनियम च्यालेज कर्पोरेसन (एमसीसी) बारेमा थप हुने बताउँदै उनले यसबारे अहिले नै हतार गर्न नहुने जिकिर गरेका हुन्।
पदभारग्रहण गर्न सोमबार सिंहदरवार पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दैै भने, ‘एउटा बहस छेडिएको छ। यसलाई केही हतार गर्नु पर्दैन।’
सभामुख सापकोटाले अब संसदको कामलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए। ‘समग्ररुपले जीवन्त र सजिवरुपमा जनतालाई हामीले चुनेका प्रतिनिधिनीहरुले लोकतान्त्रिक ढंगले छलफल गरेका भनेर विश्वास दिलाउने छु,’ उनले भने।
आफूले भर्खरै पद बहाली गरेको बताउँदै सापकोटाले सचिवालयका बारेमा थप अध्ययन गरेर धारणा राख्ने बताए। ‘दार्शनिक राम्रोसँग अध्ययन गरेर बोल भनेका छन्। म राम्रोसँग बुझेर मात्र थप कुरा बोल्छु,’ उनले भने।
यस्तै सभामुख सापकोटाले आफूमाथि प्रश्न उठेपनि ती प्रश्नहरु निरुपण हुँदै जाने विश्वास व्यक्त गरेका हुन्। ‘यो मुद्दा प्रक्रियामा रहेको छ, यसबारे थप नबोऔँ,’ उनले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया