सिद्धबाबामा सडक अवरुद्ध, यात्रु अलपत्र

बीएल

सिद्धबाबामा सोमबार बिहान ७ बजेदेखि भारतीय नंको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध भएका छन्।

सडकमा एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर बिग्रिएकाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएका हुन्।

ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका लु१ज ३२१५ नं।को भ्यान र लु४६च ३२३६ नं को स्कुटीलाई ठक्कर दिँदा  क्षति पुगेको प्रहरीको दाबी छ।

अहिले उक्त राजमार्गमा सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति: : 2020-01-28 01:19:34

प्रतिकृया दिनुहोस्