गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बालुवाटार पुगेका एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीसँग प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा गरेका गतिविधिप्रति चासो राख्दै आएको बताएका थिए। उनले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार आफू तयार रहेको बताए।

भेटका क्रममा एनआरएनए अध्यक्ष पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छिट्टै त्यसलाई टुंगो लगाइने आश्वासन दिए।

यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-01-28 01:14:58

प्रतिकृया दिनुहोस्