नेशनल मेडिकल कलेज वीरगञ्जका एमडि अन्सारीको घरमा शंकास्पद बस्तु फेला

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल,वीरगञ्जका एमडि बसरुद्दिन अन्सारीको घरमा एकाबिहानै शंकास्पद बस्तु फेला परेको छ। 

पानीट्याङ्की ८ स्थित उनको घरको मुल गेटमा सोमबार बिहान कालो झोलामा शंकास्पद बस्तु फेला परेको हो। शंकास्पद बस्तु फेला परेसँगै अन्सारीले बम नै हुन सक्ने भन्दै संचार माध्यमलाई जानकारी गराएका छन्। 

अहिले घटनास्थलमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंहसहितका प्रहरीका टोली पुगेका छन् । 

बिहानको समय भएकाले असांरीसहित परिवारका अन्य सदस्यहरु घर भित्रै रहेको र उनीहरुलाई पर्खालबाट बाहिर निकाल्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । 

अन्सारीको घरको अगाडि अचानक कालो झोला देखा पर्दा सो क्षेत्रका स्थानीयवासि समेत त्रसित भएका छन् र स्थिति तनावपुर्ण रहेको छ । यता पानीट्याङ्कीमा  घना बस्ति भएका कारण सवारी अवागमनमा समेत रोक लगाईएको छ । 

बम कसले राखेको भन्ने बारेमा कुनै जानकारी अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको एसपि राठौले बताए। घटना स्थलमा अहिले सेनाको बम डिस्पोजल टोली पुगिसकेको र केहिबेरमा थप जानकारी प्राप्त हुने एसपि राठौरले बताए।
 

प्रकाशित मिति: : 2020-01-27 22:53:35

प्रतिकृया दिनुहोस्