बगदादस्थित अमेरिकी दूतावास अगाडी फेरि बम बिस्फाेट, मध्यपूर्वकाे अवस्था गम्भीर

अमेरिकी चेतावनीको वेवास्था गर्दै इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई फेरि निशाना बनाएको छ। 

आइतबार बगदादस्थित अमेरिकी दूतावास नजिक रकेटबाट आक्रमण गरिएको बताइएको छ। पछिल्लो घटनाले मध्यपूर्वमा थप संकट निम्तिने आशंका गरिएको छ। 

रकेट हमलाको जिम्मेवारी कुनै देश वा संगठनले लिएको छैन। 

स्थानीयले टिगरिश नदीको पश्चिमी किनारामा बिस्फोटको आवाज सुनेको बताएका छन्। यस क्षेत्रमा थुप्रै देशको दूतावास छ। समाचार श्रोतले जनाएअनुसार अधिक सुरक्षा भएको क्षेत्रमा तीन कोत्युशा रकेटबाट आक्रमण भएको छ। 

घटनामा भएको क्षतिको विवरण बाहिरिएको छैन। 

केही दिनअघि मात्र बगदादको ग्रीन जोनमा तीन वटा रकेट खसाइएको थियो। यो क्षेत्रमा अमेरिकी दूतावास छ। 


 

प्रकाशित मिति: : 2020-01-27 20:17:16

प्रतिकृया दिनुहोस्