बिएल संवाददाता
म्यानचेस्टर सिटी एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ।
घरेलु मैदानमा आइतबार भएको खेलमा १० खेलाडीमा सिमित फुलहमलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी चौथो चरणमा पुगेको हो।
सिटीको जितमा ग्राबियल जिससले दुई गोल गरे। यस्तै इल्के गुण्डोगान र बेर्नार्डो सिल्भाले एक एक गोल गरे।
खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुलहम सुरुवातमै १० खेलाडीमा समेटिएको थियो।
सिटीका जिससलाई डिबक्सभित्र फउल गरेपछि रिआमले रातो कार्ड पाएका थिए। जसमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
१९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २०– बनाए।
यस्तै खेलको ७२ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता ३–० बनाए। यता खेलको ८५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–० ले विजयी भयो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया