सुरेन्द्र राना ‘घुमफिरे’
काठमाडौंको इचङ्गुनारायणस्थित तिनघरेमा रहेको त्रितेन नोर्वुचे गुम्वामा शनिबार वोन धर्मावलम्बीले स्याङसुङ ल्होसार मनाएका छन्।
यङडुङ वोन उच्च शिक्षालय स्थापनाको रजत जयन्तीसमेत परेको अवसरमा शिक्षालय परिसरमा भएको कार्यक्रममा मुगु, हुम्ला, डोल्पा, मुस्ताङ, कास्की, हेलम्बुलगायत काठमाडौंमा बसोवास गरिरहेका हिमाली क्षेत्रका समुदाय भेला भएका थिए।
यस्तै गुरू योङजीन रिन्पोछेको ९५औं जन्मजयन्तीसमेत परेकाले उनको सम्मानमा उनीमाथि कृतज्ञता, दीर्घायुको कामना गर्दै मण्डला पनि अर्पण गरिएको थियो।
१८ हजार ३६ वर्ष पुरानो बोन धर्म हिमालयन क्षेत्रको प्राचिन धर्म मानिन्छ। बुद्ध तोन्पा शेनराव मिवोले प्रतिवादन गरेको यस धर्मले प्रज्ञा र करुणाको मार्ग सिकाउँछ र सबै प्राणीलाई दुःखबाट मुक्ति मिल्ने जनविश्वास छ।
केहि दिनअघि यहाँ विश्व वोन सम्मेलनसमेत आयोजनाका गरिएको थियो।
स्याङसुङ ल्होसारमा वोन धर्मावलम्वीहरुले परिवारजन, आफन्त र साथीभाइ भेटघाट, मिठो मिठो खानपिन र मान्यजन र रिन्पोचेवाट आशिर्वाद लिएका थिए।
रजत महोत्सवमा अन्तर्राष्ट्रिय बोन्पो सम्मेलन, पूजापाठ, ध्यान, फोटो तथा जडिबुटी प्रदर्शन, विभिन्न हिमाली सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।
वोन धर्ममा आस्था राख्ने फ्रान्स, ईटाली, स्वीट्जरल्याण्ड, अमेरिका तथा भारतका शुभेच्छुकको बाक्लो उपस्थिति थियो।
आम्चीको समेत पढाई हुने शिक्षालयमा नर्सरीदेखि पिएचडीसम्मकफो पढाइ हुन्छ।
कार्यक्रमका वक्ताहरूले भोट भाषालाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया