एमसिसी र वास्तविकताको खोजी : अमेरिकी सेना आएपछि फर्किँदैन

सरकारले आफूसँगै अरूलाई पनि विश्‍वस्त बनाओस्

तस्बिर : थाहा खबर

'वादे वादे जायते तत्वबोध’ यो पूर्वीय भौतिकवादको ज्ञान पत्ता लाउने एउटा विधि हो। अहिले नेपाली बजारमा अमेरिकी सहयोग परियोजनाका नाउँमा आएको भनिएको एमसिसीबारे भयंकर बहस भइरहेको छ। बहसका पक्षधरहरू भनिरहेका छन्-यो सहयोग हो। यसको काम नेपालले प्राथमिकतामा राखेका राष्ट्रिय आयोजनामा सघाउ पुर्‍याउने पैसा हो।

यसका पछिल्तिर अर्को कुनै अदृश्‍य सोच लुकेको छैन। तर, यसको विपक्षमा तर्क दिनेहरू ठाडै भन्छन्-यो इण्डोप्यासिफिक रणनीतिअन्तर्गत छ र यो चीनलाई घेर्ने रणनीति बोकेर आएको। अब नेपालमा अमेरिकी सेना आउने भयो। भारतसँग मिलेर चीनलाई सिध्याउने भयो। नेपालको स्वतन्त्रतामाथि कालो दाग लाग्ने भयो। 
 

प्रकाशित मिति: : 2020-01-27 05:52:54

प्रतिकृया दिनुहोस्