उपसभामुख पद माग्न कांग्रेस कमण्डलु बोकेर संसदमा आएको छैन: रिजाल

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल उपसभामुख पद माग्न आफ्नो पार्टी कमण्डलु बोकेर संसदमा नआएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा संसदलाई सम्बोधन गर्दै रिजालले  आफ्नो पार्टीले सभामुखमा उम्मेदवारी नदिने बताए। 

उनले भने,‘कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं।’

सांसद रिजालले सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था संविधानमा राखिएको बताए । उपसभामुख कताबाट छान्दा सत्तालाई सजिलो पर्छ त्यतैबाट छानन् उनले सुझाव दिए। 

प्रकाशित मिति: : 2020-01-27 04:34:41

प्रतिकृया दिनुहोस्