फाँसीबाट बचेर १३ वर्षपछि नेपाल फर्किएका उमेश यादवलाई परराष्ट्रमन्त्रीले भेट

बिएल संवाददाता

काठमाडाै‌ं

साउदी अरबको फाँसीबाट बचेर १३ वर्षपछि नेपाल फर्किएका धनुषाका उमेश यादवलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भेट गरेका छन्।

आइतबार बिहान आफ्नै कार्यत्रकक्षमा भेट गरी मन्त्री ज्ञावलीले उमेशको बारेमा जानकारी लिएका हुन्। भेटमा उमेशले १४ वर्षदेखि साउदीको जेलमा रहेका विवेक दाहललाई नेपाल फर्काउने पहल गरिदिन आग्रह गरेका थिए।

उनलाई ‘जनरल कोर्ट’ले वर्षअघि मृत्युदण्डको सजाय सुनाइसकेको छ। उमेशको छोराछोरीको लागि सहयोग गर्ने पनि मन्त्री ज्ञावलीले आश्वासन दिएका छन्।

सन् २००६ मा साउदी पुगेका उमेशलाई २६ वर्षको उमेरमा २७ वर्षका पाकिस्तानी नागरिक लतिफको हत्याको आरोप लागेको थियो। २०७५ सालमा लतिफकै परिवारको निवेदनको आधारमा यादवलाई मृत्यु दण्डको सजाय सुनाएको थियो।

३० लाख दिने कुरामा सहमति जुटेपछि लतिफको परिवारले मुद्धा फिर्ता लिन स्विकार गरेको उनले बताएका छन्। 

अभियन्ता सरोजले पाकिस्तान पुगि पीडित परिवारलाई मनाइ ‘व्लड मनी’ उपलब्ध गराएपछि उमेशले क्षमा पाएका थिए। उमेश गत बुधबार बिहान काठमाडौं आइपुगेका हुन्।

याे पनि

साउदीको जेलमा टाउकोमा करेन्ट लगाउँथे: उमेश यादव (भिडियोसहित)

प्रकाशित मिति: : 2020-01-27 02:22:58

प्रतिकृया दिनुहोस्