एजेन्सी
क्यारेबियन द्वीप पोर्टो रिकोमा शनिबार ५ म्याग्नीच्यूडको भूकम्प गएको छ। गत डिसेम्बरयता दैनिकजसो पोर्टोरिकोमा भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।
स्थानीय समय अनुसार अपराह्न ४ बजेर २० मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु जमिनको सतहबाट करिब १६ मिटर गहिराईमा रहेको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।
भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाउँदै स्थानीय मानिसहरु त्रसित भएर घरबाहिर निस्केको स्थानीय अधिकारीहरुले बताएका छन्।
पोर्टो रिकोमा गत जनवरीमा ६.४ र ५.८ का शक्तिशाली दुईवटा भूकम्प गएर जनधनको क्षति भएपछि पोर्टो रिकोका गभर्नर वान्डा भाजक्वेजले गत जनवरी ७ मा आपतकालीन स्थितिको घोषणा गरेका थिए।
पोर्टो रिकोमा करिब ३४ लाख जनसंख्या रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया