अमेरिकामा बेपत्ता भनिएकी 'कमरेड दर्शना'काे आग्रह: कृपया मलाई बाँच्न दिनुस्

नेपाल नगरपालिका संघकाे विशेष आयाेजनामा तीन महिनाअघि एक साताका लागि अमेरिकी भ्रमणमा निस्किएर उत्तै वेपत्ता भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दर्शना नेपालीले पहिलाेपल्ट आफू अमेरिका लामाे समय बस्नुपर्ने कारण खुलाएकी छिन्। यसअघि उनकाे विषयमा समाचार आउँदा कुनै प्रतिक्रिया दिएकी थिइनन्। 

बिएल नेपाली सेवाले ‘अमेरिकामा लुकेको भनिएकी 'कमरेड दर्शना' लाई २०१७ मै डिभी परेको थियो'  भन्ने शीर्षकमा समाचार लेखेपछि उनले आइतबार १० बुँदाकाे लामाे स्पष्टीकरण आफ्नाे साेशल साइटमा पाेस्ट गरेकी छिन्। उषा कुमाइकाे सहयाेगमा लेखिएकाे भनिएकाे स्पष्टिकरणमा उनले न्युज लेख्ने पत्रकारदेखि मेयरसम्म सबैसँग असन्तुष्टी पाेखेकी छिन्।  

उनले आफूलाई बाँच्न दिन आग्रह गर्दै ढाडकाे समस्याका कारण आफू विगत तीन महिनादेखि अमेरिका बस्दै आएकाे र ५ महिना बस्नु पर्ने बताएकी छिन्। उनले स्ष्टीकरणमा अमेरिकाकाे कुन ठाउँमा आफू बसाेबास गरेकाे, कुन अस्पतालमा नियमित उपचार गराइरहेकाे र कस्ताे प्रकृतिकाे राेग लागेकाे खुलाएकी छैनन्। तर, भारतीय चिकित्सक डा अञ्जीर कुमारले आफ्नाे उपचार गरेकाे बताएकी छिन्। उनले सन् २०१७ मा आफूलाई परेकाे डिभीकाे विषयमा पनि केही उल्लेख गरेकी छैनन्।

चिठीको भाषामा दिएको स्पष्टीकरणमा भनिएको छ, ‘सम्पूर्ण शुचिन्तकहरुमा नमस्कार! म आराम छैन। तपाईहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ। ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ। आज आएर बुझ्दैछु।’

उनले मिडियामा समाचार आएजस्तो आफू नहराएको बताएकी छिन्। उनले आफू मेयर रनतबहादुर शाहीले भ्रमण स्वीकृत गरेर अमेरिका पुगेको बताएकी छिन्। यसअघि रतनबहादुरले एक साताकाे कार्यक्रममा जान स्वीकृति दिएकाे तर यसपछि उनी सम्पर्कमा नआएकाे बताएका थिए।

यस विषयमा उपप्रमुख दर्शनाले भनेकी छिन्, ‘अमेरिकाबाट बारबार फोन गर्दा कार्यालयमा सम्पर्क गर्दा मेयरकाे फोन कहिले पनि उठेन। प्रमुख प्रशासकीय अधिकृत उद्व रिजाल जीसँग पनि कुरो भएको हो। वार्ड अध्यक्षसँग पनि कुरो भएको हो। कतैबाट केहि प्रतिक्रिया आएन। सहयोग त झन कुरै भएन। अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मेरा आफन्तहरु मेरो दाजुहरु पर्वत नेपाली र  काशीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डे भाउजुले हाल्नु भएको हो।’

दर्शनाले मेयरलाई रक्सीमा डुब्ने गरेकाे र केही मतलब नराख्ने गरेकाे आरोप लगाएकी छिन्। उनले भनेकी छिन्, ‘हुन त २४ घन्टा रक्सीमा डुबि राख्ने मेयरलाई मेरो मतलब र याद हुने कुरो पनि भयन्।’ उनी भन्छिन्, ‘मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन। माग्दिन पनि। त्यसैले  मागिन। सरकारको सुक्का पैसा पनि मलाई चाहिएन।’

उनले दिएकाे १० बुँदे स्पष्टीकरण 

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन। तपाईहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ। ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ। आज आयर बुझ्दै छु।

१. म हरायको पनि छैन 

२. म कतै लुकेको पनि छैन

३.म मेयर रनत बहादुर शाहीलाई जानकारी नदिएर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो। 

५. अमेरीकाबाट बारबार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्दभ रिजाल जीसँग पनि कुरो भएको हो। वार्ड  अध्यक्षहरुसँग पनि कुरो भएको हो। कतैबाट केहि प्रतिक्रिया आएन। सहयोग त झन कुरै भएन। अमेरिका आउदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु।

७. हुन त २४ घन्टा रक्सीमा डुबि राख्ने मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भयन। बारबार भिख मागिन।

८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन। माग्दिन पनि। किनकि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पर्वत जी नेपाली र  कासी प्रसाद पाण्डे  दाजु र सुनिता पाण्डे भाउजुले हाल्नु भएको हो। त्यसैले  मागिन। त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन। कसैले दिए पनि भनेको हो।

९. अहिले म राम्रोसँग बोल्न पनि सक्दिन। अलि अलि चल्न सक्ने भएको छु। यसको सबै उपचार भारत कि डा। अञ्जीर कुमारले गर्दै हुनुहुन्छ। म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ।

तिलागुफाका जनताहरुको माया ममता म मा सँधै छ र भइराख्ने छ। मैले नगर पालिका संघका महसचिव भिम प्रसाद ढुंगाना जीलाई पनि भनेकै हो। बरु उहाँ र हाम्रो कलनीधि देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौंला भन्दै हुनुहुन्थ्यो। मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने 

मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ। जसरी भए पनि बाँच्नै पर्ने। देशमा रोगी नेताले सबै पैसा सिद्याए पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दिएन। त्यसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ। 

जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई।

१०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ्य भन्दा ठुलो केहि छैन । कृपया मलाई बाच्न दिनुहोस्। म बाचेत अरुको सेवा गर्न सक्छु। यदि म नै राम्रो भएन भने रु

म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई। अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्।

मेरो घाउमा नुन खुर्सानी हाल्ने कम कृपया नगरी दिनुहोला म लाई जिम्मेवारी बारेमा राम्रो सँग थाहा छ। यति कुरा बुझेकी छु जस्तो लाग्छ। 
(लेख्न सहयोग : उषा कुमाई)

प्रकाशित मिति: : 2020-01-27 00:54:37

प्रतिकृया दिनुहोस्