पाल्पाका कांग्रेस पूर्वजिल्ला सभापति कार्कीको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला रोगबाट पीडित उनको आइतबार विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए। उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका उहाँ विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए।

प्रकाशित मिति: : 2020-01-27 00:24:03

प्रतिकृया दिनुहोस्