नेपालमा 'लिङ्गीय सोसल इन्जिनियरिङ'को प्रदर्शनी जारी छ। केही समयअघिसम्म शिवमाया कार्ड चलाइयो । त्यो निस्तेज भएपछि अहिले पूर्णिमाया कार्ड उज्याइएको छ।झट्ट हेर्दा महिला सशक्तिकरणको पक्षमा, मानवअधिकारको पक्षमा देखिए पनि यी कार्डले अन्तत: लोकतन्त्रलाई नै कमजोर बनाइरहेका छन्। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सडकले हैन, जनताको बहुमतप्राप्त दलले शासन गर्ने हो।
नेपालमा संघीय संसदको सभामुख पदलाई लागेको दशा अझै सकिएको छैन। त्यही क्रममा डाक्टर शिवमायालाई एकल, महिलाका नाममा विचरा बनाएर उनको पीएचडीकै अपमान गरियो। उनी योग्य हुन्, त्यसमा प्रश्न उठाउने ठाउँ छैन तर उनको मेरिटोक्रेसीभन्दा पनि उनको लिङ्गलाई आधार बनाएर सभामुख बनाउनुपर्छ भनेर पक्षपोषण गरियो। उनी भएको भए राम्रो हुन्थ्यो तर त्यसका लागि निर्णय गर्ने भनेको त फेरि पनि बहुमतप्राप्त दलको नेतृत्व नै हो ।
जसले चाहे पनि नचाहे पनि लोकतान्त्रिक पद्धतिको सबैभन्दा सुन्दर पक्ष पनि बहुमतको निर्णय हो र सबैभन्दा कुरूप पक्ष पनि बहुमतकै निर्णय हो। त्यसलाई लागु गर्ने पद्धति भनेको पार्टी नेतृत्वको निर्णय नै हो। हो, कुनै पनि निर्णय सबैका लागि प्रिय नहोला तर त्यसको विकल्प पनि त हुँदैन।
डाक्टर शिवमायालाई संसदको सभामुखको उम्मेद्वार बनाउने भनेको सामाजिक या इन्सेकले हैन नि, बनाउने भनेको फेरि पनि संसदमा बहुमतप्राप्त दलले नै हो। हिजो सभामुख र उपसभामुख एउटै पार्टीको हुँदा पनि त यो कुरा बेठीक थियो नि, त्यतिबेला त डाक्टर शिवमायाले संसदीय परिपाटीको कुरा गरेकी थिइनन्, अहिले सोसल इन्जिनियरिङको बैशाखी मिलेपछि उनलाई संसदीय परिपाटीको याद आयो। यसको पनि हेक्का राख्नुपर्ने होला नि। तर, त्यो कोणबाट त कुरा उठेन।
जब शिवमायाको पक्षमा गरिएको पैरवी खेर गयो र अग्निप्रसाद सापकोटा सभामुखको उम्मेद्वार बनाइए। त्यसपछि लिङ्गीय सोसल इन्जिनियिङका पक्षधरले अर्को कार्ड उचाले पूर्णीमाया।भलै उनलाई मानवअधिकार कोणबाट त्रुप बनाउने कोशिस गरियो।
जब शिवमायाको पक्षमा गरिएको पैरवी खेर गयो र अग्निप्रसाद सापकोटा सभामुखको उम्मेद्वार बनाइए। त्यसपछि लिङ्गीय सोसल इन्जिनियिङका पक्षधरले अर्को कार्ड उचाले पूर्णीमाया।भलै उनलाई मानवअधिकार कोणबाट त्रुप बनाउने कोशिस गरियो।
द्वन्दकालमा पूर्णिमायाले श्रीमान् गुमाइन्, यो निश्चित पनि पीडादायी हो। उनका श्रीमानलाई जसरी मारियो भनिएको छ, त्यो झनै निन्दनीय छ । तर, त्यही आन्दोलनले नै महिला, जनजाति, दलित, पिछडावर्गका लागि सोसल इन्जिनियरिङ गर्ने गणततन्त्र आयो नि। अब गणतन्त्र नै चाहिदैन भने त बेग्लै कुरा हो, अन्यथा क्रान्तिमा यस्ता घटना हुन्छन् र ती घटनामा यता वा उताबाट शहादत भएका मानिसको मूल्य उचो हुन्छ।अग्निप्रसाद सापकोटाले पनि आफ्नो परिवारका सदस्य गुमाएका छन्।उनले त आफ्ना मानिसको हिसाब कहिल्यै मागेनन्।
यसको अर्थ यो पनि नलागोस् कि मानिस मारिनु ठीक हो। त्यसो हैन, मानिस मारिनु सर्वथा गलत हो तर आन्दोलन र क्रान्तिका क्रममा नेपालमा मात्र त मानिस मारिएका हैनन्। अहिले जो बाँचे, उनीहरूले पनि बोनसको जीवन त पाएका हुन्। अहिले जुन जुन नेताको विरोध हुन्छ, उनीहरू प्राय: सबै यही क्रान्तिबाट गुज्रेर आएका हुन्। पलपल ज्यानको जोखिम जितेर आइपुगेका हुन्।
हो, नेताहरू समयक्रममा खह्रो उत्रन सकेनन्। उनीहरूले जनताका अपेक्षा पूरा गर्न सकेनन्। तैपनि हामीले पटक पटक उनीहरूलाई नै छान्यौं । किन छान्यौ त त्यसो भए ? अग्नि सापकोटाकै कुरा गरौ, उनी सिन्धुपाल्चोकबाट जस्तो प्रतिकुल स्थितिमा पनि जितिरहेका छन्। यसको अर्थ के त्यहाँका जनता हत्याराका पक्षपाती हुन् ?
हामीले हाम्रो नेताको देवत्वकरण गर्यौं। उनीहरू जति योग्य हुन्, त्योभन्दा धेरै योग्य ठान्यौं । वास्तवमा भन्ने हो भने उनीहरू स्वयं पनि मुलुकमा यति छिट्टै गणतन्त्र आउला र देशको शासनसत्ता चलाउनुपर्ला भनेर तयार नै थिएनन्।
समस्या त्यही हो। तर, पनि हामीले विकल्प खोजेनौ, बरू पटक पटक चुनावमा उनीहरूलाई नै जिताउँदै गयौं, सँगै उनीहरूलाई धारेहात पनि लगाउँदै गयोैं। यस सँगै गणतन्त्रले दिएको समावेसी फल पनि खाँदै गयौं। अनि यो पनि सत्य हो कि आफ्नाले जे गरे पनि सही थाप्दै गयौं र अरूले जे गरे पनि गलत देख्दै गयौं।
हामी जानेर नजानेर एकातिर समावेसीको नाममा मेरिटोक्रेसीलाई सिध्याइरहेका छौ, अर्कोतिर प्रगति भएन पनि भनिरहेका छौै। यसरी कसरी पाइन्छ चिची पनि पापा पनि ?
मुलुकमा सोसल इन्जिनिरयरिङका नाममा एजेण्डा सेटिङ भएको छ। फौबन्जारीहरू त्यसैका आधारमा कहिले शिवमायाको त्रुप चलाइरहेका छन् त कहिले पूर्णिमायाको। यसबाट दलीय व्यवस्था र यसको निर्णय गर्ने पद्धतिमाथि नै प्रहार भैरहेको छ।
लोकतन्त्रमा जतिसुकै अप्रिय भए पनि जनताको म्यान्डेटको सम्मान गर्नुपर्छ। जनताले नाति जर्नेल पशुपति शम्शेर नछानेर अग्नि सापकोटा छाने। कसैका लागि यो अप्रिय होला तर पनि यो सार्वभौमसत्ता सम्पन्न जनताको निर्णय हो। यो निर्णय बेठीक लागे आवधिक चुनावमा पराजित गरेर निर्णय सच्याउने हो । त्यो विकल्प जनतालाई सधैं हुन्छ।
लोकतन्त्रमा जतिसुकै अप्रिय भए पनि जनताको म्यान्डेटको सम्मान गर्नुपर्छ। जनताले नाति जर्नेल पशुपति शम्शेर नछानेर अग्नि सापकोटा छाने। कसैका लागि यो अप्रिय होला तर पनि यो सार्वभौमसत्ता सम्पन्न जनताको निर्णय हो।
यो निर्णय बेठीक लागे आवधिक चुनावमा पराजित गरेर निर्णय सच्याउने हो । त्यो विकल्प जनतालाई सधैं हुन्छ।
नेताको विरोध गरौं, यो हाम्रो अधिकार हो । तर, नेताका नाममा पद्धतिकै विरोध गर्दा त्यसले लोकतन्त्र नै बेठीक हो भन्ने किसिमको गलत सन्देश जान थाल्छ, त्यो भने सही हैन।
हामी शिवमायाको लिंगीय अधिकारको पनि कुरा गरौ, पूर्णीमायाको मानवअधिकारको पनि पक्षपोषण गरौं । तर, त्यसका नाममा लोकतन्त्रकै वदनाम गर्ने, दलीय पद्धति नै बेठीक भन्ने खालको सन्देश दिने काम नगरौं । हजार खरावी होलान् लोकतन्त्रमा तर त्योभन्दा बढी नै खराबी हुन्छन् एकतन्त्रीय शासनपद्धतिमा। त्यसैले त भनिन्छ, लोकतन्त्र खराबमध्येको कम खराव छनौट हो। यस अर्थमा कि यसमा बहुमतले आफ्नो नेता छान्छ, दल छान्छ र त्यो गलत भयो भने आवधिक चुनावमा दण्डित गरेर सच्याउने अवसर पाउँछ।