राजदूत शेर्पाले लिए स्पेनका राजा फिलीपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र

भोला लामिछाने

बार्सिलाेना

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र लिएकी छन्। गएको शुक्रबार स्पेनको राजधानी मड्रिडमा रहेको राजदरबारमा राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाण पत्र लिएकी हुन्।

शेर्पालाई उक्त ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा नै निम्त्याईएको थियो। यूरोपमा राजतन्त्रातमक मुलुक मध्य स्पेन पनि एक हो। स्पेनका लागी दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासाँग ल्हामु शेर्पाकी छोरी हुन्। शेर्पा स्पेनको लागी दोस्रो राजदूत हुन्। पहिलो राजदूत भरतबहादुर रायमाझी थिए। 

अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियुक्त गरेर स्पेन पठाउने निर्णय गरेसँगै  शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिइन। 

स्पेनमा नेपालीहरूको बाक्लो बस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रममा प्रमुख आथित्यता लिदै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मुलुक र नेपालीको निम्ति लागि पर्ने राजदूतले बताएकी थिइन। उनले स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्र्याउन दूतावासले भुमीका निभाउनु पर्ने र सबै नेपाली समुदायले यसमा सहयोग गर्नुपर्नै समेत उनले बताए। 

दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन्। शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, दुतावाससँग स्पेनवासी नेपालीहरू निकै आशावादी रहेका छन्।
 

प्रकाशित मिति: : 2020-01-26 13:09:07

प्रतिकृया दिनुहोस्