रोमानियामा पक्राउ परेका ८ नेपालीलाई स्वदेश फर्काउने तयारी

भोला लामिछाने

बुखारेस्ट, रोमानिया

नेपाली अवैतनिक वाणिज्यदूत रोमानियाले पक्राउ परेका ८ जना नेपालीहरुलाई स्वदेश फर्काउने तयारी थालिएकाे छ। 

वैदेशिक रोजगारीको लागि कामदार भिषामा रोमानियाका बिभिन्न कम्पनीहरुमा कार्यरत ८ जना नेपालीहरुले रोमानियाको सिमापार गरी पोर्चुगल जाने गलत मनसाय राखी अवैध रुपमा सिमापार गर्दै रहेको समयमा उनीहरूलाई रोमानियास्थित सिमा प्रहरीले गत हप्ता पक्राउ गरेको थियो।

पक्राउ परेका सबैलाई नेपाल फर्काउने तयारी थालिएको वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिएका हुन्।

उनका अनुसार आउने हप्ता उनीहरुलाई बुखारेस्ट शहरमा भएको बन्द केन्द्रमा सारिने छ। पक्राउ परेका उनीहरु अहिले आराद शहरमा भएको बन्द केन्द्रमा छन।

आफूले ब्यक्तिगत रुपमा नेपालीहरुसँग सम्पर्क राखि उनीहरुको बस्तुस्थिति बारेमा जानकारी लिएको कुरा बताउँदै वाणिज्यदूत पोखरेलकै पहलमा उनीहरुलाई जतिसक्दो चाँडो स्वदेश फिर्ता गराउन हवाई टिकट र आवश्यक डकुमेन्टहरुको तयारी भईरहेको बताइएको छ।

स्मरण रहोस,  यसरी अवैधरूपमा सिमापार गर्नेलाई  रोमानियामा मात्र होइन युरोपको कुनै पनि मुलुक १० बर्षको लागि जान नपाउने गरी निषेध गरिन्छ।

प्रकाशित मिति: : 2020-01-26 12:55:16

प्रतिकृया दिनुहोस्