सरकारले राष्ट्रिय स्तरका खेलाडीहरुकोलागी जागिरको व्यवस्था गर्नुपर्ने: सांसद यादव

वीरगञ्ज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिता शनिबारदेखी सुरु भएको छ। युनाइटेड क्लबको आयोजनामा सुरु भएको खेल १० दिनसम्म चल्नेछ। 

नारायणी क्रिकेट मैदान वीरगञ्जमा प्रतियोगिताको उद्घाटन गर्दै सांसद प्रदिप यादवले खेलाडीहरुले राष्ट्रलाई चिनाउने भएकाले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले खेलाडिहरु खेलकुदबाट पलायन नहोस् भन्नको लागि प्रतियोगिताको महत्व रहेको उनले बताए। 

'राष्ट्रिय स्तरका खेलाडीहरुको जागिरको व्यवस्था समेत सकारले गर्नुपर्छ।' उनले भने 'कानुन बनाएर  प्रदेश २ सरकारले  यसको सुरुवात गर्नुपर्छ।' 

प्रतियोगिताको विजेतालाई रु दुई लाख ५० हजार र उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान समेत गरिने क्लबमा अध्यक्ष हासीम हवारीले जानकारी दिए। प्रतियोगितामा प्रदेश २ का उत्कृष्ट ६ वटा क्रिकेट टिम भाग लिएका छन् भने आजको खेल वीरगञ्ज स्टार र विसिसीबिच भइरहेको छ ।

खेलको उद्घाटन समारोहमा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेग्म, भिमा यादव, जिल्ला समन्व समिति पर्साका संयोजक नेक महमद अन्सारी, क्रिकेट एशोसिएसन अफ नेपालका सदस्य दाउद अन्सारी, माधव अचार्य, समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतकाे उपस्थिति थियाे।
 

प्रकाशित मिति: : 2020-01-26 05:42:01

प्रतिकृया दिनुहोस्