राष्ट्रिय संस्कृतिमा गण्डकी प्रदेशको नेतृत्व : मुख्यमन्त्री गुरुङ

'राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको छ' उनले भने।

फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन्।

लमजुङमा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको बताएका हुन्। 'राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको छ' उनले भने।

सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेशसम्पन्न रहेको बताउदैं उनले भने 'प्रकृति र संस्कृतिको अनुपम सङ्गम ईश्वरको वरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढिरहेको छ।'

प्रदेशका घरवासले भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि मदत गरेको मुख्यमन्त्री गुरुङको भनाई छ।

प्रकाशित मिति: : 2020-01-26 05:13:25

प्रतिकृया दिनुहोस्