मुलुकको आर्थिक विकास सबै समुदायको साझा प्रयासबाट सम्भव : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास सबै समुदायको साझा प्रयासबाट सम्भव हुने बताएका छन्।

शनिबार तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले लामो प्रतीक्षापछि आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताएका हुन्।

'सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको खाँचो छ' जारी विज्ञप्तिमा उनले भनेका छन्,  'ल्होछारले सबै समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।'

प्रकाशित मिति: : 2020-01-26 04:55:21

प्रतिकृया दिनुहोस्