प्रहरीले चोरी गरेको अभियोगमा दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले शुक्रवार इरानका अलि मलिक र उनका साथीलाई भाहिद अजिमिक नियन्त्रणमा लिएको हो।
ताहचलस्थित प्रश्ना मनि एक्सचेन्जलाई झुक्काएर रकम चोरी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको वृतका डिएसपी रुगम कुवँरले जानकारी दिए।
उनीहरुले माघ ६ गते मनि एक्सचेन्जरमा चोरी गरेर फरार भएको प्रहरीले बताएको छ। जनवरी ६ तारिकमा भिजिट भिषामा नेपाल आएका उनीहरु यसअघि पनि पटकपटक नेपाल आएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
'अलि अहिलेसम्म ६ पटक नेपाल आएको देखिन्छ। उनीहरु चोरी गर्न नै नेपाल आउँथे वा अन्य कारण भने खुल्न सकेको छैन। तर चोरीको ट्रेन हेर्दा उनीहरु यसैको लागि नेपाल आएको देखिन्छ।' डिएसपी कुवँरले भने।