विष्णु पोखरेल
अंग्रेजी नयाँ वर्ष भर्खरै सकिएको थियो। काठमाडौँ ठिहिरिन थालेको थियो। मौसमी चिसोपनाकै रफ्तारमा नेपाल-भारत सम्बन्धको चिसोपन पनि गहिरिन थाल्यो। हुनत नेपाल-भारत सम्बन्ध कहिले पो एकैनासको छ र ? कूटनीतिका पण्डितहरू भन्छन्— नेपाल-भारत सम्बन्ध ‘लभ-हेट’ अर्थात् ‘प्रेम र घृणा’को हो, यसमा न्यानोपन जाग्न र चिसोपन बढ्न बेर लाग्दैन। कहिलेकाहीँ लाग्छ— यो सम्बन्ध हात्तीछाप चप्पलको फित्ताजस्तो हो, कुन बेला चुडिन्छ पत्तो हुन्न। अनि, चुँडिएको फित्तालाई हँसिया तताएर जोडेझैँ गाँस्न पनि बेर लाग्दैन। तर जति पटक गासिन्छ त्यती नै वटा गाँठा देखिन्छन्।
यो भर्खरै सकिएको अंग्रेजी नयाँ वर्षको कुरा होइन। यो त त्यो बेलाको अंग्रेजी नयाँ वर्षको कुरा हो, जुन बेला काठमाडौँको झोँछे टोल फ्रिक स्ट्रिटका नामले प्रख्यात थियो। अरूका लागि नयाँ वर्षको रौनक सकिए पनि काठमाडौँमा झुम्न आएका युरोपेली-अमेरिकी युवाका लागि उत्सव बाँकी नै थियो। गाँजाको सुर्कोमा आफ्नै दुनियाँमा रमाउँदै फ्रिक स्ट्रिटको फन्को मार्ने हिप्पी युवकयुवतीको लर्को बढ्दो थियो।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया