मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ।
केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ।
त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ। कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको गाडीएसपी थापाले जानकारी दिए।
उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको छ।
सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए।
डीएसपी थापाका अनुसार, दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने ठानिएको छ। तर खुलिसकेको छैन।