सुर्खेत जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा बढी

सुर्खेत जिल्ला जिल्ला अदालतमा ६ महिनाको अवधिमा सात सय ४८ मुद्धा दर्ता भएको छन्। आर्थिक वर्ष २०७६र०७७ को साउन महिनादेखि पुष महिनासम्म सात सय ४८ मुद्धा दर्ता भएका हुन्।

सुर्खेत जिल्ला अदालतमा यस आर्थिक बर्षमा जबरजस्ती करणीका ६०, सम्बनध बिच्छेदका दुई सय २१, लागु औषधका ३०, बुहविवाहका ११, बालविवाहका १, घरेलु हिंसाका ३४, आत्महत्या दुरुत्सानका ६, सवारी ज्यान दुर्घटनाका १४ र कर्तब्य ज्यानका १५ मुद्धा दर्ता भएका छन् सुर्खेत जिल्ला अदालतले जनाएको छ।

साउनदेखि यता दर्ता भएका मुद्धाहरुमध्ये साउन महिनामा एक ६९, भदौमा एक सय ४३, असोजमा ६४ कार्तिकमा एक सय ३५ मंसिरमा, एक सय ४० र पौषमा ९७ मुद्धा दर्ता भएका छन्।

सुर्खेत जिल्ला अदालतमा दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढी मुद्धा सम्बन्ध बिच्छेद र कम बालविवाहका मुद्धा रहेका छन्। अदातलमा दर्ता भएका मुद्धामध्ये सम्बन्ध बिच्छेदका दुई सय २१ र बालविवाहको एउटा मुद्धा दर्ता भएको छन्। 

अदालतमा दर्ता भएका मुद्धामध्ये सम्बन्ध बिच्छेदका दुई सय २१ मुद्धामध्ये एक सय ६२ जना महिलाले र  ५९ जना पुरुषले सम्बन्ध बिच्छेद गरि पाउँ भनेर मुद्धा दर्ता गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताए। 'महिलाले बढी सम्बन्ध बिच्छेद गर्न मुद्धा दर्ता गरेका थिए,' उनले भने,'ती मुद्धामध्ये ७० फर्छर्यौट भएका छन् भने अरु फर्छर्यौट हुन बाँकी रहेका छन्।'

त्यस्तै, घरेलु हिंसाका ३४ मुद्धा दर्ता भएकोमा महिलाले २५ र पुरुष ९ मुद्धा दर्ता गरेको छन्।

अदातलमा आएका कतिपय मुद्धामा होस्टस्टाइल हुने गरेको सुर्खेत जिल्ला अदालतका न्यायधिश डा। राजेन्द्रकुुमार अर्यालले बताए।'अदालतमा आउने जघन्य अपराधका मुद्धामा पनि अहिले होस्टस्टाइल हुने गरेको छ,' उनले भने,'जबरजस्ती करणीदेखि, ज्यान मुद्धा, सम्बन्ध बिच्छेद लगाएतका सबै मुद्धा ९० प्रतिशत होस्टस्टाइल हुने गरेका छन्।'

न्यायधिश अर्यालका अनुुुसार सम्बन्ध बिच्छेदका कारणले समाजमा नकरात्माक असर परेको परेको बताए। ुसम्बन्ध बिच्छेदका कारण आमाबाबुबाट अलग भएका बच्चाहरु झोक्किने, रिसालु, झगाडालु र अपराध कर्ममा बढी रहेको पाइएको छ', उनले भने, 'यस्ता बच्चाहरुले बलत्कार, लागु औषध, तथा हत्याका घटनामा धेरै संग्लन रहेका छन्।'

आमाबुबाको माया नपाएका कारणले उनीहरु अपराध कर्ममा जाने गरेको न्यायधिश अर्यालले बताए।
 

प्रकाशित मिति: : 2020-01-25 07:35:04

प्रतिकृया दिनुहोस्