८ लाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

बिएल संवाददाता

विरेन्द्रनगर

जाजरकोट  जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर के.सीलाई ८ लाख घुससहित अख्तियार अनुसन्धानको सुर्खेत कार्यालयले रंगेहात पक्राउ गरेको छ।

प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घुस लिएको सूचना आधारमा पक्राउ गरेको हो। 

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2020-01-25 06:25:50

प्रतिकृया दिनुहोस्