बिएल संवाददाता
प्रहरी हिरासतमा रहेका गण्डकी प्रदेश सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ले अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ गरेको सुनेपछि खुसी लागेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि दुई दिन हिरासतमै राख्न म्याद थप गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्। ‘त्यही ठगीको विरुद्ध मैले झापड हानेको हुँ। अहिले मिलनलाई पनि पक्राउ गरेको सुनेपछि खुसी लागेको छ,’ उनले भने।
मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए। एन्फा अध्यक्ष गुरुङले दिएको सार्वजनिक अपराध ऐन अन्तर्गतको जाहेरीमा उनी अहिले प्रहरी हिरासतमा छन्।
‘१० वर्ष भएछ यसले पोखरामा एकलौटी ठग्दै बसेको, कसैले केही मुद्दा हाल्न नसक्ने यसलाई’, मनाङेले भने, यति ठूलो डन रहेछ यो, खतरनाक नै रहेछ।’
मनाङेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ शुक्रबार पक्राउ परेका हुन्। गुरुङलाई प्रहरीले ठगी र बैंकिङ कसूरको जाहेरीको आधारमा आज पक्राउ गरेको थियो।
‘जुन चिजलाई मैले भिडेथें, त्यो केस सक्सेस भयो, त्यो ठगलाई बल्ल समात्न थाल्यो’, उनले भने, ‘अब यो ठगको मुद्दा आउँदैछ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया