बिएल संवाददाता
पूर्वी पहाडको ओखलढुङ्गामा जन्मिएका निस्ठावान र बौद्धिक व्यक्तिव, जो प्राय: सिहदरबारस्थित संसदीय दल परिसरमा भेटिने गर्छन्। उनी सासदबीच निकै लोकप्रिय पनि छन्। नेपाली सासद उनलाई ‘अंग्रेजी गुरु’ को उपनामले बोलाउँछन्।
उनी हुन्, चेतप्रसाद भट्टराई। जो विगत ३० वर्षदेखि नेपाली सांसदलाई अनवरत अंग्रेजी भाषा सिकाइरहेका छन्। २०४८ साल यता उनले करिव ८ सय सासदलाई अंग्रेजी पढाउन भ्याइसकेका छन्। गाउँमा पढ्दा स्कुल पुग्न मात्र उनले चार कोष पैदल हिड्नुपर्ने अवस्था थियो। नजिक हाइस्कुल थिएन।
उच्च शिक्षाका लागि २०२८ सालमा काठमाडाैं प्रवेश गरेका भट्टराईले भारतकाे मद्रासस्थित अन्ना युनिभर्सिटीबाट इलेक्ट्राेनिक एन कम्प्युटरमा एमए गरेका छन्। उनले काठमाडैंमा २०४८ सालदेखि अनवरत अंग्रेजी पढाइरहेका छन्। उनले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई अंग्रेजी पढाउन भ्याइसकेका छन्। उनको तर्क छ–‘भाषा र शिक्षा दुई फरक विषय हुन्। भाषा ‘कम्युनिटि बेस’ हुन्छ।’
उनी भाषालाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने बताउँछन् र सबै दलका नेता तथा सभासदलाई मात्र नभएर हजारौं मानिसलाई अंग्रेजी भाषाको ज्ञान बाढ्न सकेकोमा गर्व गर्छन्। भन्छन्–‘मैले अंग्रेजी भाषा सिकाएका माननीय कोही कम्युनिस्ट त कोही कांग्रेस, राप्रपा, राजपालगायत छन्।’
उनी सबैले आफूलाई गुरु भनेर मान गरेकोमा दंग छन्। ‘फलानोलाई भनेर नाम तोक्नु हुदैन किनभने राज्यको उच्च अहोदामा बसेकाको आफ्नै मर्यादा हुन्छ। मेरो धर्म नै शिक्षा बाढ्नु हो। यो गर्न सकेकोमा खुसी छु।’
उनले हालसम्म प्रहरी अफिसर, आर्मी अफिसर, कर्मचारी गरि हजारौं सर्वसाधारणलाई अंग्रेजी भाषा सिकाइसकेका छन्।
उनी विश्वमा तीन प्रकारको भाषा हुने गरेकोमा अंग्रेजी भाषाले सबैलाई जोड्ने गरेको बताउँछन्।
‘स्थानीय, अन्तर्राष्ट्रिय र अंग्रेजी गरि तीन वटा भाषा हुन्छ। जसमा अंग्रेजीको माध्यमले कुनै पनि देशका मानिसले एकअर्कासँग संवाद गर्न सक्छन्।’
उनी माननीयलाई तीन महिने कोर्ष गराएबापत हरेक सासदबाट १५ हजार रुपैयाँ शुल्क बुझने गर्छन्। उनी बुद्दिजीवि पेशामा आबद्ध व्यक्तिले गुलामी नभई निष्ठाको जीवन बाच्नु पर्ने बताउँछन्। उनी आफ्नो पेशा र भूमिकाबाट यति बेला खुसी छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया