अमेरिकाको इरानका नयाँ आर्मी कमाण्डरलाई सुझाव, ‘सुलेमानीको बाटो नहिड’

अमेरिकाले इरानको शीर्ष कमाण्डर कासिम सुलेमानीका उत्तराधिकारीले पनि अमेरिकी जनतालाई मार्ने वा धम्कीको भाषा जारी राखे सुलेमानीको अवस्था आउने धम्की दिएको छ। 

अमेरिकाले गत महिना सुलेमानीलाई इराकको राजधानी बगदाद विमान स्थल नजिक ड्रोन हमलाबाट मारेको थियो। 

सुलेमानीको हत्यापछि इरानको आर्मीको सर्वोच्च कमाण्डरको पद इस्माइल गनीले पाएका छन्। उनी कुद्स फोर्सका प्रमुख हुन्। गनीले पदभार सम्हाल्ने क्रममा सुलेमानीको अधुरो कामलाई पुरा गर्ने वचन दिएका थिए। अमेरिकी विशेष दूत ब्रायन हुकले अरबी भाषाको दैनिक पत्रिका अशरक अल अवसतमा भनेका छन्, ‘गनीले सुलेमानीको बाटो पछ्याए भने उनको पनि हालत पूर्व आर्मी प्रमुखको जस्तै हुनेछ।’
 
 

प्रकाशित मिति: : 2020-01-24 12:57:14

प्रतिकृया दिनुहोस्