सोमबार, १५ डिसेम्बर २०२५

शाहरुख र करिना राजकुमार हिरानीकाे फिल्ममा देखिने

एजेन्सी

एजेन्सी

मुम्बई
News Image
• • •

बलिउडका बादशाह शाहरुख खान र करिना कपुर लामाे समयपछि फिल्ममा सँगै देखिने भएका छन्। उनीहरु राजकुमार हिरानीकाे फिल्ममा देखिन लागेकाे बताइएकाे छ। करिना हालै अक्षय कुमार अभिनित फिल्म गुड न्युजमा देखा परेकी थिइन। करिना र शाहरुखले पछिल्लाे फिल्म रावनमा सँगै काम गरेका थिए। 

त्यति बेला लगानीकाे अनुपातमा फिल्मले राम्राे व्यापार गर्न सकेकाे थिएन। शाहरुख सन् २०१८ देखि फिल्ममा देखिएका छैनन्। उनकाे पछिल्लाे फिल्म जिराे थियाे। दुई वर्षसम्म कुनै फिल्ममा काम नगरेका शाहरुख अहिले राम्राे स्क्रिप्टकाे खाेजीमा छन्। 

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!