द न्युयोर्क टाइम्स ट्राभल शोमा 'मिनी नेपाल' : नेपाल भ्रमणको चुल्हे निम्तो

सन्जोग आचार्य

न्यूयोर्क

अमेरिकाको सबैभन्दा ठूलो ट्राभल शो ‘द न्युयोर्क टाइम्स  ट्रभल शो’मा नेपाल भ्रमण वर्ष २०२० को विश्वब्यापि प्रचार गरिने भएको छ।

ट्राभल शो विश्वकै राजधानी मानिने न्युयोर्कको मुटु म्यानह्याटनको जेकोभ जेभिट कन्भेन्सन सेन्टरमा यही जनवरी २४ देखि २६ सम्म आयोजना हुने छ । नेपालका नाम चलेका १२ व्यावसायिक ट्राभल कम्पनीको सहभागिता रहने ट्राभल शोमा नेपाल भ्रमण वर्ष सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायतको सहभागिता रहने छ।


​ट्राभल ब्यूरो अफ नेपालका अनुसार उक्त फेयरमा नेपालकै प्रख्यात मकालु ट्राभल, ग्लोबल एशिया टुर एण्ड ट्राभल्स, द एक्प्लोर नेपाल, पिस इन्टरनेशनल ट्राभल, फेन्ड्स एण्डभान्चर टी, ब्लूबल्र्ड ट्राभल्स एण्ड टुर्स, हेनी ग्लोबल एसिया टुर, एमडी एडभान्चर ट्राभल, पोखरा हेली सर्भिस, द एडरेस काठमाण्डु होटल, नेपाल एडभान्चर टीम, कोइली टुर्स एण्ड ट्राभल र ड्राइगन होलिडेको सहभागिता रहने छ।


 
नेपालका हिमाली क्षेत्र र पदयात्रा पर्यटनमा महत्वपूर्ण योगदान पुर्याएको मकालु ट्राभल एण्ड टुर्सका कार्यकारी निर्देशक किरण शर्मा, पिस इन्टरनेशनलका कार्यकारी निर्देशक सर्बोत्तम लाल श्रेष्ठ, फ्रेन्ड्स एडभान्चरका निर्देशक राजेन्द्र लामा, द एक्प्लोर नेपालका कार्यकारी निर्देशक भरतकुमार बस्नेत, ग्लोबल एशियाका निर्देशक महेन्द्र पाण्डे, ब्लूबण्र्ड ट्राभलका संचालक शम्भु पाठकले सहभागिता जनाउने निश्चित भएको छ।


 
ट्राभल ब्यूरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठले नेपाल भ्रमण वर्ष सफल पार्न यो सहभागिताले उल्लेख्य मात्रामा योगदान पुर्याउने बताए। पर्यटन व्यवसायीको उत्साहपूर्ण सहभागिताले नेपालमा घुम्न जाने अमेरिकी पर्यटकको संख्यामा सुधार आउने पनि श्रेष्ठको भनाई छ।
 
नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष किरणप्रकाश शाख पनि कार्यक्रममा सहभागिताको लागि न्यूयोर्क आइपुगेका छन्। साथै, जनवरी २७ तारिखमा न्यूयोर्कमा हुने भ्रमण वर्ष उद्घाटन समारोहको सफलताको लागि यो सहभागिता कोशेढुगां साबित हुने श्रेष्ठको भनाई छ।

प्रकाशित मिति: : 2020-01-24 09:53:43

प्रतिकृया दिनुहोस्