पूर्वराजाको शालिक भत्काएर व्यापारिक भ्यु टावर नबनाऔं: कमल थापा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले शालिक भत्काएर व्यापारिक भ्यु टावर नबनाउन आग्रह गरेका छन्। थापाले पूर्वराजा वीरेन्द्र शाहको शालिक भत्काएर व्यापारिक भ्यु टावर नबनाउन आग्रह गरेका हुन्। 

थापाले बिहिबार एक ट्वीट गर्दै राज्यले ठूलो लगानी गरेको सभागृह र राजा बिरेन्द्रको शालिक भत्काएर व्यापारिक भ्युटावर नबनाउन सबैको ध्यानकर्षण गराए। ‘राज्यले ठूलो लगानी गरेको सभागृह र राजा वीरेन्द्रको शालिक भत्काएर व्यापारिक भ्युटावर होइन हेटौंडामा स्तरीय हस्पिटल निर्माणमा ध्यानदिन हेटौंडा उपमनगरपालिकालाई आग्रह छ’ थापाले ट्वीट गरेका छन् ‘राजधानी त बन्यो तर हेटौंडामा एउटा पनि राम्रो हस्पिटल छैन्। एउटा पनि सभागृह छैन्। भ्युटावर पछि बनाउनु होला। पहिले सभागृह र हस्पिटल बनाऔं।’

त्यस्तै थापाले व्यापारिक भ्युटावर बनाउनै पर्ने हो भने हेटौंडा उपमहानगरपालिका भित्र बनाउन सुझाव दिए।  ‘व्यापारिक भ्युटावर बनाउनै पर्ने हो भने सभागृह र शालिक भत्काएर बजारको मध्यभागमा होइन, हेटौंडा उपमनपा भित्र पदमपोखरी,गौरीटार, हटिया वा हर्नामाडी तिर बनाउन उपयुक्त हुने सुझाव दिन चाहन्छु। तर, फेरि भन्छु हस्पिटलको स्तरोन्नति पहिलो प्रथमिकता हुनुपर्छ।’

प्रकाशित मिति: : 2020-01-24 03:08:05

प्रतिकृया दिनुहोस्