दामन रिसोर्टमा मृत्यु भएका मृतकको शव बुझेर आफन्त भारत उडेँ

बिएल संवाददाता

काठमाडाै‌ं

मकवानपुरको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सिएर मृत्यु भएका आठै जनाको शव आफन्तले बुझेका छन्। प्रहरीका अनुसार मृतकको शव बिहीबार आफन्तले बुझेका हुन्।

मृतकमध्ये पाँच जनाको शव लिएर बिहान आफन्त भारत उडेँको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।

अन्य तीन जनाको शव लिएर आफन्त जाने तयारीमा छन्। मृतक दुई परिवारका रहेको लम्सालले बताए।

सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारत केरलाका पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो। 

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा थिए।

मृतकहरूको शव पोस्टमार्टमपछि कानुनी प्रक्रिया मिलाएर नेपाल स्थित भारतीय दूतावास र आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ।  

प्रकाशित मिति: : 2020-01-24 02:18:53

प्रतिकृया दिनुहोस्