लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

सांकेतिक तस्बिर

लागुऔषध र हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।

प्रक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू रहेका छन्। उनीहरुलाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो।

जिल्ला अदालत मोरङले हातहतियार खरखजना मुद्दामा फरार रहेका राईलाई २०६७ साल असोज १७ गते ५ महिना १७ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएकोथियो भने सुब्बालाई २०७३ सालमा ८० हजार जरिवानाको फैसला सुनाइएको थियो।

पक्राउ परेका उनीहरुलाई बिहीबार अदालतमा पेस गरिने पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-24 01:46:04

प्रतिकृया दिनुहोस्