कोटेश्वरको सवारी चाप कम गर्न सडक विभागले ‘डेडिकेटेड सर्भिस लेन’ थप्ने तयारी गरेको छ। तीनकुनेदेखि कोटेश्वर हुँदै जडिबुटीसम्म र भक्तपुरदेखि कोटेश्वर हुँदै बालकुमारी जाने सडकको बायाँतर्फ एक–एक लेन थप्न अध्ययन सुरू गरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताएका छन्। (हेर्नुहोस्: कोटेश्वरको जाम कम गर्न 'डेडिकेटेड लेन' थपिने, कम होला त जाम?)
के ‘डेडिकेटेड लेन’ थप्दैमा कोटेश्वरको सवारी चाप कम होला? संसारका विकसित देशहरूले बढ्दो सवारी चापबाट त्राण पाउन थुप्रै प्रयोग गर्दै आएका छन्। गाडी संख्याको अनुपातमा सडक फराकिलो पार्दै जानु एक हो।