मदिरा सेवा गरी साथीमाथि छुरा प्रहार, दुई किशोर पक्राउ

आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मदिरा सेवा गरी सामान्य विवाद हुँदा छुरा प्रहार भएको हो। चार/पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिए।

घटनापछि  १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए।

सुवालमाथि प्रहार भएको छुार व्यासी कालोपाटीबाट बरामद भएको जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-01-23 20:27:38

प्रतिकृया दिनुहोस्