बिएल संवाददाता
भारतको गुजरात राज्यको मोडासामा बसोबास गर्ने १७ वर्षीय निलांशी पटेलको विश्वमै सबैभन्दा लामो कपाल छ। उनले हालै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ता गर्न सफल भएकी छिन्। उनको कपालको लम्बाई नै ६ फिट ३ इन्ची छ।
निलांशीले पछिल्लो ११ वर्षदेखि कपाल काटेकी छैनन्। उनले ट्रिमिङ समेत नगरेको बताइन्। ६ वर्षको उमेरमा एउटा घटना भएपछि उनले कपाल नकाट्ने निर्णय गरेकी हुन्।
६ अगस्ट २००२ मा निलांशीको जन्म भएको थियो। गिनिज बुकमा उनको पहिलो नाम सन् २०१८ को नोभेम्बरमा दर्ता भएको हो। इटालीको एउटा कार्यक्रममा भाग लिँदा उनको कपालको लम्बाई ५ फिट ७ इन्ची थियो। उनले त्यति बेला अर्जेन्टिनी किशोरीको कीर्तिमान भंग गरेकी थिइन।
सन् २०१९ को सेप्टेम्बरमा उनको कपालको लम्बाई ६ फिट ३ इन्ची पुगेको थियो। उनले दोस्रो पल्ट गिनिज बुकमा आफ्नो नाम दर्ता गरेकी हुन्।
मोडासाको सायरा गाउँका शिक्षक दम्पत्ति ब्रिजेश पटेल र कामिनिबेन पटेलको एउटै छोरी हुन्, निलांशी। उनी १२ कक्षामा विज्ञान विषयकी छात्रा पनि हुन्। उनी अहिले जता जान्छिन्, उनीसँग सेल्फि खिच्नेको भीड लाग्ने गर्छ।
उनी आफ्नो कपाल भूइँमा नपरोस् भनेर हाई–हिल स्यान्डल लगाउँछिन्। उनी सातामा एक पल्ट कपाल नुहाउँछिन् र दुई पल्ट तेलबाट मालिस गर्छिन। उनको कपालको सुरक्षाका लागि आमाले सहयोग गरिरहेकी छिन्। कपाल सुकाउन अधिक घाममा बस्छिन्। नसुकेको खण्डमा हेयर ड्रायर प्रयोग गर्छिन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया