एनआरएन दोस्रो विज्ञ सम्मेलन आगामी अक्टोवरमा धुलिखेलमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ। 

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भएपछि संघले दोस्रो सम्मेलन विश्वविद्यालयमा गर्न लागेको हो।

विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको भनाइ छ।  

यसैबीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपती, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसँग छलफल गरेको छ।संघका पदाधिकारी सहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले   सम्मेलनलाई उपलब्धीमुलक बनाउन घनिभुत छलफल भएको महासचिव डा। शर्माले जनाए।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, महिला संयोजक भूमा लिम्बु लगायतको उपस्थिती थियो।यसअघि संघले एनआरएन विज्ञ सम्मेलन वारे परराष्ट्रमन्त्रालय लगायत नेपाल सरकारका उच्चअधिकारीसँग छलफल गरेका थियो।
 

प्रकाशित मिति: : 2020-01-23 11:17:50

प्रतिकृया दिनुहोस्