भारतमा अवैधरुपमा बसाेबास गरेका २ सय बंगलादेशीकाे घर ताेडफाेड

भारतकाे कर्नाटका राज्यकाे बेङलुरुस्थित करिअम्मान अग्रहारा क्षेत्रमा अवैध रुपमा बसाेबास गरिरहेका बंगलादेशी नागरिककाकाे कच्ची घर सरकारले ताेडेकाे छ। कर्नाटका सरकारले १८ जनवरीमा घर हटाउने निर्णय गरेकाे थियाे। याे क्षेत्रमा धेरै संख्यामा बंगलादेशी बसाेबास गर्दै आइरहेकाे बताइएकाे छ। उनीहरु अस्थाई रुपमा घर निर्माण गरिरहेकाे सरकारले बताएकाे छ। 

घर ताेडफाेड गर्नुअघि पानी र बिजुलीकाे सप्लाई बन्द गरिएकाे थियाे। कच्ची घरमा बसाेबास गर्ने माेहम्मद जहागीर हुसैनले आफू त्रिपुराकाे भएकाे बताए। घर ताेडफाेड गर्नुअघि आफूहरुले नाेटिस समेत नपाएकाे बताए। ‘हामी बंगलादेशी हाेइनाैं। पक्की घरमा बस्न हामीसँग पैसा छैन। त्यसैले यहाँ टहरा बनाएर बसेका हाैं’, उनले भने। 

बेङलुरुमा मात्र करिब २ सय घर ताेडफाेड भएकाे महानगरपालिकाका मेयरले स्पष्ट पारे। बंगलादेशका विदेशमन्त्री अब्दुल माेमेनले केही दिनअघि मात्र भारतसँग अवैध रुपमा बसाेबास गरिरहेका आफ्ना देशका नागरिककाे सूचि मागेकाे थियाे। 

 

 

प्रकाशित मिति: : 2020-01-22 11:55:38

प्रतिकृया दिनुहोस्