नेपाल भ्रमणमा रहेकी बेल्जियमकी अधिराजकुमारी अस्ट्रिडले गरिन् भक्तपुरको अवलोकन

नेपाल भ्रमणमा रहेकी बेल्जियमकी अधिराजकुमारी अस्ट्रिडले भक्तपुरका सम्पदाहरुको अवलोकन गरेकी छन्।

एक साता लामो भ्रमणमा रहनुभएकी अष्ट्रिडले भक्तपुरका विश्वसम्पदा सूचिमा सूचिकृत दरवारस्क्वायर क्षेत्र, पाँचतले मन्दिरलगायतका सम्पदाहरुको अवलोकन गरेकी हुन्।

उनलाई भक्तपुरमा प्रचलित नवदुर्गा देवी नाच, सिंह नाच, लाखे नाच, ख्या प्याखंलगायतका नाचहरु देखाइएको थियो।

अधिराजकुमारी अस्ट्रिडले आधाघण्टा भक्तपुरका नाच र सम्पदाहरुको अवलोकन गरेकी छन्। उनलाई  भक्तपुरको दरवारस्क्वायरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे।

परराष्ट्रका अनुसार अधिराजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनका केही स्थानको भ्रमण गर्नेछिन्।

कैलालीमा उनी नयाँ क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन् भने त्यहाँ उनले कुष्ठरोग र क्षयरोग प्रभावित व्यक्तिहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। नवालपरासीमा उनी मिडप्वाइन्ट अस्पतालको अवलोकन गर्नेछिन्। यो अस्पताल पनि कुष्ठरोग र क्षयरोगका बिरामीको उपचारले परिचित छ।

ती अस्पतालमा बेल्जियमम आधारित गैरसरकारी संस्था ड्यामेन फाउन्डेसनको सहयोग रहेको छ। फाउन्डेसनको अध्यक्ष अधिराजकुमारी अस्ट्रिड हुन्। उनी ‘एन्टी–ल्यान्डमाइन’ अभियानमा पनि सक्रिय छिन्।
‘यो भ्रमणले नेपाल र बेल्जियमबीचको सम्बन्धलाई थप मजबुत बनाई र सहयोगका क्षेत्र विस्तार गर्नेछ,’ परराष्ट्रले भनेको छ।

प्रकाशित मिति: : 2020-01-22 05:07:02

प्रतिकृया दिनुहोस्