अन्नपूर्ण हिमपहिरोमा परेका पर्यटकहरुको खोजिकार्यमा कुनै कमि भएकाे छैन: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्नपूर्ण हिमपहिरोमा परेका पर्यटकहरुको खोजिकार्यमा कुनै कमि नभएको स्पष्ट पारेका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा सोमबार काठमाडौंमा आयोजित नेपाल दर्शन २०२० फोटो पुस्तक बिमोचन गर्दै मन्त्री भट्टराईले केहि पर्यटकहरु अझैपनि हिमपहिरोमा हराइरहेको भन्दै सेना, प्रहरी पर्यटन व्यवसायी लगाएतले खोजि कार्य जारी राखेको बताए। 

हिमपहिरो एउटा प्राकृतिक विपती भएको भन्दै उहाले उक्त स्थानबाट दुईसय पर्यटकहरुलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए। उनले नेपालमा पर्यटकहरु सुरक्षित छैन भन्ने हल्ला फैलाएर पर्यटन बर्ष र यसका अभियानलाई कमजोर बनाउने खेल भइरहेको तर्क गरे । उनले नेपालको १० बर्षको आन्तरिक द्धन्दमा दश हजार भन्दा बढिको ज्यान गएपनि एक जना पर्यटकको मृत्यु नभएको भन्दै नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने उदाहरण दिए ।
 
कार्यक्रममा नेपाल दर्शन २०२० फोटो प्रतियोगीतामा उत्कृष्ठ फोटो पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो । 
 

प्रकाशित मिति: : 2020-01-21 10:50:01

प्रतिकृया दिनुहोस्