हटाइयाे महानगरीय प्रहरी प्रभात सानेठिमीले फुटपाथमा लगाएको जस्तापाता

महानगरीय प्रहरी प्रभात सानेठिमी, भक्तपुरले फुटपाथमा लगाएको जस्तापाता हटाइएको छ। सोमबार जनक शिक्षा कार्यलय नजिकै रहेको प्रहरी चौकीले फुटपाथ नै अवरोध हुनेगरि लगाएको जस्तापात स्थानिय प्रतिनीधि र युवाहरुले भत्काएका हुन्।

आइतबार बिएल नेपाली सेवामा प्रकाशित मध्यपुर ठिमीमा प्रहरीले नै मिच्यो फुटपाथ, यात्रुलाई सास्ती शीर्षकको समाचार प्रकाशित भएसँगै मध्यपुर ठिमी नगरपालिका २ का वडा अध्यक्ष राम थापा मगर र केही स्थानिय युवाहरुको सहभागितमा फुटपाथ अतिक्रमित गरेर लगाइएको जस्तापात हटाइएको संचारकर्मी निरज बाडेले जानकारी दिए। 

हामीले स्थानिय प्रतिनीधिको उपस्थितिमा जस्तापाता हटाएका हौं।करिव २ मिटरको फुटपाथ अतिक्रमणको चपेटामा पर्दा त्याहाँबाट आवजजावत गर्नै बटुवालाई असहज भएको थियो। उनले भने  

जस्तापाता हटाएपछि उक्त स्थानमा साँझको समयमा हुने ट्राफिक जाम समेत कम भएको उनले बताए। 

के छ नियममा 

नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ। १५ मिनेटभित्र पाँचसम्म मानिस आवतजावत गर्ने फुटपाथमा १ दशमलव ५ मिटर, पाँच सयदेखि १५ सयजना हिँड्ने ठाउँमा २ मिटर, १५ सयदेखि २५ सयजना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सय जनासम्मको चाप भए ३ मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ। सडकमा ह्विलचियर अट्ने गरी १ दशमलव ५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ। 

यदि कसैले फुटपाथ तथा सडकमा सवारी–साधन तथा पसललगायतका अन्य सामग्री राखेर आवागमन रोक्नेलाई १५ हजारसम्म जरिवाना गर्ने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन २०५५ ले गरेको छ।


 

प्रकाशित मिति: : 2020-01-21 01:07:11

प्रतिकृया दिनुहोस्