कतारबाट फर्किएका फरार अभियुक्त कानेपाेखरीमा समातिए

मोरङको कानेपोखरी गाउँपालिका–५ का ४२ वर्षीय भूपाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीको घटनामा प्रहरीले चलाएको चोरी मुद्दामा राईलाई जिल्ला अदालत मोरङले २०६८ साल वैशाख ८ गते एक महिना कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि राई फरार थिए । त्यो समयदेखि वैदेशिक रोजगारीका लागि कतार गएका राई अहिले विदामा आएका बेला पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले राईलाई पक्राउ गरेर सोमबार अदालतमा बुझाएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । 

प्रकाशित मिति: : 2020-01-20 23:54:58

प्रतिकृया दिनुहोस्