बिएल संवाददाता
मोरङको ग्रामथान गाउँपालिका–३ मा पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान एक जनाको शव फेला परेको छ ।
कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । उनका अनुसार आइतबार साँझ घरबाट हिँडेका सरदार नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा कलर माझीको खेतमा रहेको पानी जमेको खाल्टोमा सोमबार बिहान शव फेला परेको हो ।
मापसे (मादक पदार्थ सेवन) गरेर हिँड्ने गरेका उनी चिप्लिएर खाल्टोमा परेको र बाहिर निस्कन नसक्दा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया