माेरङमा ३ स्काभेटरमा आइतबार राती बम बिस्फाेट

मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित रमितेमा आईतबार राती निर्माणाधीन उर्लाबारी किशान चोक – रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विष्फोट गराइएकाे छ।

मिक्लाजुङ – १ का वडाध्यक्ष नरबहादुर राईका अनुसार राती ९ बजेको समयमा बम बिष्फोटको ठूलो आवाज सुनिएको हाे। उनले घटनास्थलमा हेर्न जाँदा स्काभेटर जलेको अवस्थामा भेटिएको बताए। घटना भएकाे ठाउँमा बम पनि फेला परेको उनले बताए।

राती बिष्फोट भएको र सोमबार बिहान बम भेटिएपछि स्थानीयबासी अहिले त्रसित छन्। प्रहरीले घटनाकाे विषयमा कुनै जानकारी गराएको छैन। विष्फोट कसले र किन गरायाे खुल्न सकेको छैन।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले विष्फोट गराएकोे आशंका गरिएको छ । सो स्थानमा विप्लव समुहको गतिविधि हुने गरेको स्थानीयबासी बताउँछन्। उत्तरी मोरङ तत्कालिन शसस्त्र युद्धमा माओवादीको सैन्य तालिम हुने क्षेत्रका रुपमा परिचित छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ । विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आईसकेको छैन।


 

प्रकाशित मिति: : 2020-01-20 23:20:12

प्रतिकृया दिनुहोस्