पोखिएको आँशु र छछल्किएका खुशीहरूको कथा भन्नेछ ब्राण्डस्टोरीलेः सुमन खरेल

दुई दशकभन्दा लामो समयसम्म बीबीसीमा काम गरेका पत्रकार सुमन खरेलले नेपालमा भित्रिएको ब्राण्ड स्टोरीले हरेक व्यक्ति र कम्पनीको कथा बोल्ने बताएका छन्।

ब्राण्ड स्टोरीसँग कुरा गर्दै अहिले पनि रेडियोमा काम गर्नुका साथै टेलिभिजनमा टक शो ‘सुमनसँग’ समेत चलाइरहेका सुमनले हरेक मान्छे या कम्पनी आफैंमा एउटा ब्राण्ड हुने भन्दै त्यसका लागि गरिने संघर्ष र उतारचढावलाई ब्राण्ड स्टोरीले भन्ने बताए।

‘हरेक मान्छे आफैंमा एउटा ब्राण्ड हुन्छ। उसको नाम हुन्छ, उसको थर हुन्छ र उसको काम हुन्छ। तर, कोही कोही मानिसहरू त्यो ब्राण्डभन्दा माथि उठेर उनीहरू राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्थापित हुन पुग्छन्। चर्चित हुन पुग्छन्। त्यसका लागि उनीहरूले कति परिश्रम गर्छन् र कति पसिना बगाउँछन् र त्यो उचाई प्राप्त गर्छन्। हामी त्यसलाई सह्राना गर्नैपर्छ। यीनै कथाहरूलाई समेटेर ब्राण्ड स्टोरीको थालनी हुन लागेको छ। जुन अतिनै सकारात्मक हो’, उनले भने।

लामो समयसम्म लन्डनमा बसेर काम गरे पनि बाँकी काम नेपालमा गएर गर्नुपर्छ भन्दै सन् २०१५ मा नेपाल फर्किएका उनले ब्राण्ड रातारात स्थापित नहुने भएकाले यसका लागि निरन्तर प्रक्रिया आवश्यक हुने बताए।

‘ब्राण्ड भन्ने चिज एउटा निरन्तर प्रक्रियाबाट स्थापित हुन पुग्छ। रातारात कोही ब्राण्ड भएर निस्कदैन। त्यसका लागि धेरै परिश्रम गर्नुपर्छ। धेरै पसिना बगाउनुपर्छ’, उनले भने, ‘न दिन, न रात, न साँझ, न बिहान अटुट रूपमा काम गरेपछि मात्र मानिस राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा र कम्पनीहरू राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एउटा ब्राण्ड बन्न पुग्छन्।’

पत्रकारितामा मात्रै सीमित नरहेर गीत तथा नाटक लेखनमासमेत पोख्त उनले ब्राण्ड बन्नका लागि निरन्तरको मेहनतसँग आँशु र पसिना पनि आवश्यक पर्ने बताए।

‘त्यो ब्राण्ड बन्नका लागि कति आँसु पोखिए होलान्, कति खुसी छछल्किए होलान्।  ती सबैलाई समेटेर ब्राण्ड स्टोरीले एउटा मानिसको, एउटा कम्पनीको कथा बोल्दछ।’

पत्रकारितामार्फत सन्देशसँगै समाजसेवासमेत गर्न रूचाउने उनले सम्भवतः पहिलो पटक नेपालमा ब्राण्ड स्टोरीको सुरूवात भएको भन्दै यसले समाजमा प्रेरणादयी भूमिका निभाउने बताए।

‘मलाई लाग्छ सायद पहिलो पटक यहाँहरूसमक्ष प्रस्तुत गर्न लागिएको ब्राण्ड स्टोरी अति नै प्रेरणादायी र सफल पनि हुनेछ। किनकि, यस्तो काम बिरलै नेपालमा भएको छ’, उनले भने, ‘ब्राण्ड स्टोरी हृदयभरिको मेरो शुभकामना तिमीलाई।’

ब्राण्ड स्टोरीले समाजमा सकारात्मक सोचको विकास गर्छः महानिरीक्षक खनाल

पावर ब्राण्ड भएका कम्पनीले ब्राण्ड स्टोरी भन्न जरूरी छ: प्रा.डा. कोइराला

ब्राण्ड सफल हुन ब्राण्डस्टोरी भन्नु जरूरी छः आफा अध्यक्ष रेमण्ड 

मन्त्री बाँस्कोटाले भने– ‘बिएल मिडिया आफैमा एउटा ब्रान्ड हो’

विज्ञापन र ब्राण्डको धर्म र धर्मशास्त्रको जस्तै सम्बन्धः अभय पाण्डे

समय सापेक्ष ब्राण्डबारे जानकारी नभए नोकिया जस्तै हराएर जान सक्छः डिल्लीराम अधिकारी

ब्राण्ड भनेको कुनै पनि संस्था तथा व्यवसायको व्यक्तित्व होः दुर्गा रिजाल

प्रकाशित मिति: : 2020-01-20 20:44:00

प्रतिकृया दिनुहोस्