बिएल संवाददाता
भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन्।
यो शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो। इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन्। उनीहरूलाई कडा निगरानीमा राखिएको छ।
१७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए।
यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पेशल जोनल कमिटी सदस्यदेखि लिएर प्लाटुन, डिभिजन र क्षेत्रीय समिति सदस्यसम्म सामेल छन्।
उनीहरूबाट ठूलो मात्रामा हतियार र विस्फोटक समेत बरामद गरिएको छ। छत्तीसगढका सुकमा, विजापुर, नारायणपुर र बस्तर जिल्लामा बढ्दो सुरक्षा दबाब तथा हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गरी शहरी क्षेत्रमा लुकेर पुनः संगठन निर्माण र भविष्यका कारबाही योजना बनाउन खोजेको प्रहरीले जनाएको छ।
डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सीआईबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको दाबी गरिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया