बिएल संवाददाता
भारतका चर्चित फिल्म निर्माता/निर्देशक एस.एस. राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ।
हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पुर्याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो।
वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो। राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’ का लागि आयोजित ‘ग्लोबल ट्रोटर’ कार्यक्रममा सहभागिता जनाएका थिए। सोही अवसरमा आएको प्राविधिक समस्या बीच उनले ‘म सूर्यामि भगवान् हनुमानमा विश्वास गर्दिनँ’ भन्ने अभिव्यक्ति दिएको दाबी उजुरीमा गरिएको छ।
सारूरनगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन।
‘हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’ प्रहरी अधिकारीले भनेका छन्।
हजारौँ दर्शक उपस्थित रहेको सो कार्यक्रममा पहिलो पटक ‘वाराणसी’ को टिजर, महेश बाबुको पहिलो झलक तथा फिल्मको शीर्षक सार्वजनिक गरिएको थियो । कार्यक्रममा महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडासहित फिल्मका मुख्य कलाकारहरूको उपस्थिति थियो।
फिल्ममा प्रियंका चोपडा ‘मन्दाकिनी’ को भूमिकामा र पृथ्वीराज ‘कुम्भ’ को भूमिकामा देखिनेछन्। ‘वाराणसी’ फिल्म सन् २०२७ को मकर सङ्क्रान्तिमा प्रदर्शनमा आउने तय गरिएको छ।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया